
काठमाडौं ।
सरकारले नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने भएको छ। नवप्रवर्तनको क्षेत्रमा काम गर्नचाहने युवाहरूको दक्षता तथा सीपको उपयोग गरी उद्यम व्यवसाय प्रवर्द्धन गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रममा उक्त घोषणा गरे।
नीति तथा कार्यक्रम पारित भएपछि प्रत्येक वर्ष जेठ १५ गते अर्थमन्त्रीले सदनमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्नेछन्।
प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार