
काठमाडौं ।
सरकारले शिक्षामा प्रविधिलाई जोड्ने भएको छ। यसको लागि स्मार्ट विद्यालय निर्माण गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रममा उक्त घोषणा गरे।
उनले हरेक स्थानीय तहमा स्मार्ट विद्यालय, बनाई प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराईने व्यवस्था गर्ने घोषणा गरेका हुन्। यसका साथै उच्च शिक्षालाई उद्यमसँग जोड्ने भएको छ।
प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार