
काठमाडौं ।
टेस्ला इंकले घरेलु बिक्री र निर्यातको लागि इलेक्ट्रिक कारहरू निर्माण गर्न भारतमा प्लान्ट स्थापना गर्ने प्रस्ताव गरेको छ।
कार निर्माताले बुधबार सरकारी अधिकारीहरूलाई प्लान्ट स्थापना गर्ने प्रस्ताव गरेको यस विषयमा प्रत्यक्ष जानकारी भएको स्रोतले जनाएको रोयटर्सले उल्लेख गरेको छ।
कम्पनीले इलेक्ट्रिक कारहरूमा आयात कर घटाउने बारे छलफल नगरेको ती व्यक्तिले रोयटर्सलाई भनेका छन्।
टेस्लाका वरिष्ठ अधिकारीहरू पार्टपुर्जाको स्थानीय स्रोत र अन्य विषयमा छलफल गर्न तथा सरकारलाई भेट्न यस हप्ता भारत आएको रोयटर्सले मंगलबार रिपोर्ट गरेको थियो।
कम भन्सार शुल्कमा आफ्नो कार आयात गर्न असफल भारतमा कार बेच्ने योजना रोकेको करिब एक वर्ष पछि टेस्लाको नयाँ चासो आएको हो।
भारत सरकारले स्थानीय स्रोतहरुको उपयोगमा जोड दिँदै ‘मेक इन इन्डिया’ अघि बढाएर सवारी निर्मातालाई आकर्षित गरिरहेको छ। भने, टेस्ला चीनसँग भन्दा बाहिर आफ्नौ आपूर्ति शृङ्खलाहरू विविधीकरण गर्न खोजिरहेको छ।
प्रकाशित: ४ जेष्ठ २०८०, बिहीबार