
काठमाडौं ।
अमेरिकी टेक जायन्ट एप्पलको आईफोन छिट्टै मेड इन इन्डिया हुने भएको छ। कम्पनीले आफ्नो आईफोन उत्पादनका लागि चीनमा आफ्नो निर्भरता कम गर्न भारतमा आगामी आईफोन १५ सिरिजको केही मोडलको उत्पादन गर्ने योजना बनाएको अमर उजालाले उल्लेख गरेको छ।
आईफोन १५ सिरिज २०२३ को सेक्टेम्बरमा सार्वजनिक हुने सम्भावना छ। यसमा आईफोन १५ र आईफोन १५ प्लस भारतमा तयार गरिने सम्भावना छ। यसका लागि एप्पल र भारतको टाटा समूहबीच साझेदारी हुने प्रवल सम्भावना छ।
आईफोन १५ र आईफोन १५ प्लस मेड इन इन्डिया
कम्पनीले आफ्नो आगामी आईफोन सिरिजको बेस भेरियन्ट आईफोन १५ र आईफोन १५ प्लस भारतमा म्यान्युफ्याक्चरी गर्ने तयारी गरेको छ।
ट्रेन्डफोर्सका अनुसार फक्सकोन, पेगाट्रोन र लक्ससेयर पछि भारतको टाटा समूहले एप्पलका लागि आईफोन उत्पादन गर्ने चौथो कम्पनी हुनेछ। रिपोर्टका अनुसार आईफोन १५ र १५ प्लसको म्यान्यूफ्यक्चरिङ टाटा समूहले लिने सम्भावना छ।
आईफोन टाटा समूहले बनाउने
टाटा समूुहले विस्ट्रोको भारतीय प्रोडक्शन लाइन अधिग्रहण गरेको छ। यसबाट पनि टाटा समूहले भारतमा आईफोन १५ सिरिज असेम्बल गर्ने सम्भावनालाई थप बल प्रदान गर्छ। रिपोर्ट अनुसार विस्ट्रोन कथित रुपमा भारतीय बजारबाट बाहिर निस्कने तयारीमा छ। यस्तोमा टाटा समूह भारतमा आईफोन उत्पादन गर्ने एक मात्र कम्पनी बन्नेछ।
आईफोन १५ को फिचर
आगामी आईफोन १५ मा एप्पलको बायोनिक ए१६ चिपसेट प्रयोग हुने सम्भावना छ। यसलाई गत वर्षको आईफोन १४ प्रोमा पेश गरिएको थियो। साथै प्रो मोडलमा लेटेस्ट चिपसेट प्राप्त हुनेछ भने स्ट्यान्डर्ड मोडलमा पुरानो चिपसेट हुनेछ।
आईफोन १५ मा ४८ मेगापिक्सेलको प्राइमेरी दिइनेछ। हालका आईफोन मोडलमा १२ मेगापिक्सलको सेन्सर भन्दा ठूलो अपग्रेडको रुपमा आउनेछ। अप्टिकल जूमका लागि टेलिफोटो लेन्स वा आईडीएआर लगायत फिचर प्रो मोडलमा मात्र उपलब्ध हुन सक्छ।
प्रकाशित: १ जेष्ठ २०८०, सोमबार