
काठमाडौं ।
नेपाल टेलिकमले बिलिङ सिष्टमको नियमित मर्मत सम्भारको क्रममा आज राति आफ्नो सेवामा समस्या हुनसक्ने जानकारी दिएको छ।
कम्पनीले २०८० बैशाख १९ गते राति १२ बजे देखि करिब १ बजे सम्म (एक घण्टा ) मर्मत कार्य हुने भएकाले सो अवधिमा कम्पनीको भ्वाइस, एसएमएस र डाटा सेवा प्रयोगमा समस्या आउन सक्ने भन्दै तस्तो कुनै समस्या आएमा आफ्नो मोबाइल सेटको पावर अफ अन गर्न भनेको छ।
कम्पनीले यसबाट ग्राहक वर्गमा पर्नजाने असुविधा प्रति क्षमा समेत मागेको छ।
https://twitter.com/ndcl_nt/status/1653417731071385604/photo/1
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार