काठमाडौं ।
नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रूपमा विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ। यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमा उपलब्ध हुनेछ।
पहिले देखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराइने छ । साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ ।
त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ ।
यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रूपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको छ ।
प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *1442# डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ ।
स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।
| Bandwidth: | 10 Mbps |
| Data: | FUP 20GB/day |
| Voice: | Optional (if selected, same as PSTN) |
| Price: | Rs 800 per month / Rs. 8,000 per year |
| Bandwidth: | 10 Mbps |
| Data: | FUP 20GB/day |
| Voice: | Optional (if selected, same as PSTN) |
| CPE: | Customers already have CPE at their premises |
| Price: | Rs. 6,000 per year |
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार