नेपाल टेलिकमको सिम प्रयोग गर्ने हिमालयन बैंकका ग्राहकले मोबाइल बैंकिङ निःशुल्क चलाउन पाउने

  • Technology Khabar | २४ चैत्र २०७९, शुक्रबार
नेपाल टेलिकमको सिम प्रयोग गर्ने हिमालयन बैंकका ग्राहकले मोबाइल बैंकिङ निःशुल्क चलाउन पाउने

काठमाडौं ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप पनिःशुल्क चलाउन पाउने भएका छन्। नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप पनिःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो।

यस सम्बन्धी गत चैत २० गते भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरे।

सो अवसरमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको र धेरै ग्राहक लाभान्वित भइरहेको बताउँदै हिमालयन बैंकका ग्राहक पनि लाभान्वित हुने विश्वास व्यक्त गरे।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले बैंकका ग्राहकहरुलाई सुविधाहरु दिने कार्यमा नेपाल टेलिकमसँगको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...