ताजा समाचार

एनसेलले वैशाख २ गते दरवारमार्गमा सडक महोत्सव आयोजना गर्ने

एनसेलले वैशाख २ गते दरवारमार्गमा सडक महोत्सव आयोजना गर्ने
Global IME Bank

नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान)ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको हो। आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ।

काठमाडौं महानगरपालिका भित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ। साथै काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिवार विहान ११ः३० बजे हुनेछ। गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव सो दिन बेलुका ८ः३० बजेसम्म आयोजना हुनेछ।

यस महोत्सवमा चर्चित गायक गायिका, कलाकार तथा सांगितिक समुहहरुको प्रस्तुति हुनेछन्। कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्तिमुनी, त्रिशाला गुरुङ, रोहितशाक्य, सिङ्क्रोनस, लाहुरे र दिए लिमेन्टस् आदिले आ–आफना प्रस्तुति राख्नेछन्।

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहनेछन्। विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन÷प्रस्तुतिका स्टलहरु, बालबालिकाकालागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरु हुनेछन्।

यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि हुनेछ। दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्पm नारायणहिटी संग्राहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।

Sajilo Visa
easy care