
काठमाडौं ।
चीनमा बिहिबार आफ्नो पी६० सिरिज र मेट एक्स३ स्मार्टफोनहरू घोषणा गरेको ह्वावेले अब युरोपेली बजारहरूको लागि आधिकारिक लन्च डेट सार्वजनिक गरेको छ।
२०२३ को मे ९ मा जर्मनीको म्युनिखमा आयोजना हुने एक विशेष कार्यक्रममा ह्वावे पी६० प्रोलाई युरोपमा लन्च गरिने पक्का भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
पी६० प्रो प्रेस निमन्त्रणामा उल्लेख गरिएको एक मात्र पी६० सिरिज डिभाइस रहेको उल्लेख गरिएको छ। साथै यसलाई नयाँ मेट एक्स३ फोल्डेबल, ह्वावे वाच अल्टिमेट र फ्रीबडस् ५ टीडब्लूएस इयरबडहरूले साथ दिने बताइएको छ।
प्रकाशित: १२ चैत्र २०७९, आईतवार