२ लाख ३३ हजार ३१७ नेपालीको पहुँचमा एसी

  • Technology Khabar | ११ चैत्र २०७९, शनिबार
२ लाख ३३ हजार ३१७ नेपालीको पहुँचमा एसी

काठमाडौं ।

०.८ प्रतिशत नेपालीको पहुँचमा एसी (एयर कन्डिसनर) पुगेको छ। शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनमा ०.८ प्रतिशत नेपालीको पहुँचमा एसी पुगेको देखिएको हो।

जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जनसंख्याको आधारमा एसीको पहुँच २ लाख ३३ हजार ३१७ नेपालीमा पुगेको छ।

तीमध्ये कोशी प्रदेशमा ०.८ प्रतिशत, मधेश प्रदेशमा ०.५ प्रतिशत, बागमती प्रदेशमा १.४ प्रतिशत, गण्डकी प्रदेशमा ०.५ प्रतिशत, लुम्बिनी प्रदेशमा १.२ प्रतिशत, कर्णाली प्रदेशमा ०.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.३ प्रतिशत नेपालीको पहुँचमा एसी रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ११ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...