ताजा समाचार

नेपाल टेलिकमको अवधि सकिएका रिचार्ज कार्डको म्याद एकैपटक चार वर्ष थपियो

नेपाल टेलिकमको अवधि सकिएका रिचार्ज कार्डको म्याद एकैपटक चार वर्ष थपियो
Global IME Bank

नेपाल टेलिकमले म्याद सकिएका रिचार्ज कार्डको म्याद एकैपटक चार वर्षका लागि थपेको छ।

सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले यहि अंग्रेजी महिना मार्च ३१ तारिखमा म्याद सकिने ५०० र १ हजार दरका सबै रिचार्ज कार्डहरुको अवधि एकैपटक ४ वर्षका लागि थप गरेको हो।

कम्पनीको वायरलेस सेवा निर्देशनालयले एक सूचना जारी गर्दै २०२३ मार्च ३१ तारिखमा समय सकिने ५०० र १ हजार दरका सबै रिचार्ज कार्डको अवधि आगामी सन् २०२७ मार्च ३१ सम्म कायम गरेको हो।

तर किन एक्स्पायर अवधि थप गरिएको भन्ने कुनै जानकारी दिएको छैन्।

Sajilo Visa
easy care