एप्पलले शास्त्रीय संगीत मन पराउनेलाई ध्यानमा राख्दै ‘एप्पल म्युजिक क्लासिक’ एप लन्च गर्दै

  • Technology Khabar | २७ फाल्गुन २०७९, शनिबार
एप्पलले शास्त्रीय संगीत मन पराउनेलाई ध्यानमा राख्दै ‘एप्पल म्युजिक क्लासिक’ एप लन्च गर्दै

काठमाडौं ।

विश्वव्यापी प्रसिद्ध स्मार्टफोन ब्राण्ड एप्पलले शास्त्रीय संगीत मन पराउने व्यक्तिहरूका लागि मार्च २८ मा ‘एप्पल म्युजिक क्लासिक’ नामक नयाँ एप लन्च गर्ने भएको छ। एप्पलले विश्वव्यापी रूपमा एप लन्च गर्नेछ।

प्रयोगकर्ताहरूले यो एपको लागि छुट्टै सदस्यता लिनु पर्दैन। एप्पल स्टोरमा गरिएको सूचीकरणका अनुसार, एप्पल म्युजिक क्लासिकल एपले आईफोन ६ भन्दा माथिका सबै मोडलहरूमा काम गर्नेछ र अंग्रेजी, डच, फ्रेन्च, जर्मन, इटालियन, पोर्चुगिज र स्पेनिस ६ ओटा फरक भाषाहरूलाई समर्थन गर्नेछ। एप प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले आईओएसको १५.४ वा सोभन्दा पछिको संस्करण प्रयोग गरिरहेको हुनुपर्छ।

एपमा १०० मिलियन भन्दा बढी गीतहरू

एप्पल म्युजिक क्लासिकल एपमा १० करोडभन्दा बढी गीतहरू छन्। तर यो एपले एप्पल म्युजिक भ्वाइस प्लानसँग काम गर्दैन। साथै, चीन, जापान, कोरिया, रुस, ताइवान, टर्की, अफगानिस्तान र पाकिस्तानका प्रयोगकर्ताहरूले यी एपहरू चलाउन सक्ने छैनन्।

एक प्रेस विज्ञप्तिमा, एप्पलले नयाँ एपले मानिसहरूलाई शास्त्रीय संगीत बुझ्न र जोड्न मद्दत गर्ने बताएको छ। यसका साथै श्रोताले उच्च गुणस्तरको अडियोको पनि मज्जा लिन सक्नेछन् ।

यो एप सार्वजनिक भएपछि एप्पलसँग म्युजिक क्याटगरीमा तीन ओटा एप्स हुनेछन् जसमा पहिलो एप्पल म्युजिक, दोस्रो एप्पल म्युजिक क्लासिकल र तेस्रो पोडकास्ट हुनेछ। यद्यपि, पोडकास्ट एप प्रयोगकर्ताहरूले यसलाई निःशुल्क पहुँच गर्न सक्छन्। तर केही विशेष शो र शृङ्खलाका लागि उनीहरूले छुट्टै योजना किन्नु पर्ने हुन्छ।

प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार