यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सर्भरमा समस्या, सबै सेवा बन्द

  • Technology Khabar | २१ फाल्गुन २०७९, आईतवार
यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सर्भरमा समस्या, सबै सेवा बन्द

काठमाडौं ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सर्भरमा समस्या आउँदा सबै सेवाहरु प्रभावित भएको छ।

कार्यालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै सर्भरमा आएको समस्याका कारण नयाँ लाइसेन्सको प्रक्रिया रोकिएको जनाएको छ।

कार्यालयबाट जारी हुने स्मार्ट कार्ड वितरण कार्य नरोकिने जनाइएको छ। यस बाहेकका अन्य कार्यहरु सबै अर्को सूचना नआएसम्मका लागि ठप्प भएको छ।

सूचनाअनुसार आइतबार बायोमेट्रिकका लागि समय तय भएका सेवाग्राहीलाई फागुन २५ गते १० बजेपछि लिईने सूचनामा भनिएको छ।

प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Prime College and InternSathi partner to strengthen student career development

  • Technology Khabar
  • २१ फाल्गुन २०७९, आईतवार