ईसिम वितरणलाई प्रभावकारी बनाउन एनसेल र ट्रुफोनबीच सहकार्य

  • Technology Khabar | १९ फाल्गुन २०७९, शुक्रबार
ईसिम वितरणलाई प्रभावकारी बनाउन एनसेल र ट्रुफोनबीच सहकार्य

काठमाडौं ।

नेपाली टेलिकम अपरेटर एनसेल आजियाटा लिमिटेडले ईसिम वितरणलाई प्रभावकारी बनाउन ट्रुफोनसँग सहकार्य गरेको छ। नेपालमा ईसिम कार्यान्वयन गर्न एनसेलले बेलायतको अग्रणी ईसिम प्लेटफर्म प्रदायक ट्रुफोनसँग सहकार्य गरेको हो।

यो सहकार्यमार्फत ट्रुफोनको रिमोट सिम प्रोभिजिनिङ प्लेटफर्म (आरएसपी), ईसिम लञ्च प्याड जस्ता प्लेटफर्म प्रयोग गरेर एनसेलले १७ लाख बढी ग्राहकलाई नयाँ डिजिटल अनुभव प्रदान गर्न सक्नेछ। यसका साथै एनसेलले अब स्मार्टफोन, ट्याबलेट र स्मार्टवाचहरूमा ईसिम सक्रिय गर्न सकिने छ।

एनसेलका सीईओ एन्डी चोङले अब एनसेलका प्रयोगकर्ताले आफ्नो भौतिक सिमलाई ईसिममा परिवर्तन गरेर फाइदा लिन सक्ने बताए।

‘ईसिमले नेपालको आइसिटी इकोसिस्टममा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं,’ सीईओ चोङले भने।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार