चीनमा बीवाईडीको नयाँ ईभी ब्याट्री प्लान्ट निर्माण शुरु

  • Technology Khabar | १८ फाल्गुन २०७९, बिहीबार
चीनमा बीवाईडीको नयाँ ईभी ब्याट्री प्लान्ट निर्माण शुरु

काठमाडौं ।

चीनको बीवाईडी अटोले झेजियाङ प्रान्तको वेन्झाउमा नयाँ इलेक्ट्रिक सवारी (ईभी) ब्याट्री प्लान्ट निर्माण शुरु गरेको छ। यो ईभी ब्याट्री प्लान्टबाट अटोमेकरले विश्वव्यापी रुपमा न्यून र शून्य उत्सर्जन हुने सवारी बजारमा निरन्तर वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

चीनको सबैभन्दा ठूलो ईभी उत्पादकले स्थानीय रिपोर्ट अनुसार २० गिगावाट आवर ब्याट्रीको प्रारम्भिक उत्पादन क्षमताको प्लान्टको पहिलो चरणमा ६.५ बिलियन सीएनवाई लगानी गर्ने बताएको छ।

प्लान्ट २०२४ को शुरुमा सम्पन्न हुने तालिका छ र पूर्ण रूपमा सञ्चालन हुँदा ६ हजार मानिसहरूलाई रोजगारी दिने र कबिर १६ बिलियन सीएनवाई वार्षिक राजश्व उठ्नेछ।

गत महिना बीवाईडीले, यसको फिनड्रम्स टेक्नोलोजी सहायक मार्फत ८ बिलियन सीएनवाई हेनान प्रान्तको राजधानी झेंग्झाउमा रहेको ईभी ब्याट्री प्लान्टमा ४० गिगावाट आवरको ब्लेड लिथियम आइरन फस्फेट ब्याट्रीको क्षमतामा लगानी गर्ने योजना बनाएको छ। यो परियोजनाको लागि वातावरणीय मूल्याकंन रिपोर्टको लागि कम्पनीको आवेदन रिपोर्टमा आधारित थियो।

बीवाईले सन् २०२२ मा विश्वभर १८ लाख ५७ हजार ३८० यूनिट ब्याट्री इलेक्ट्रिक र प्लग इन हाइब्रिड गाडी बेचेको थियो। जसमा ब्याट्री ईभी ९ लाख ११ हजार १४२ यूनिट र प्लग इन हाइब्रिड ९ लाख ४६ हजार २३८ यूनिट छ। बिक्री भोल्युमका आधारमा यो सन् २०२१ को तुलनामा २१२ प्रतिशत बढी हो।

कम्पनीको ब्याट्री यूनिटले गत वर्ष बीवाईडी र अन्य ईभी उत्पादकलाई ७० गिगावाट आवर ब्याट्री आपूर्ति गरेको रिपोर्ट गरिएको थियो। यो विश्वव्यापी ईभी ब्याट्री बजारको १३.६ सेयर सहित १७६ प्रतिशत वार्षिक वृद्धि हो। बीवाईडी सीएटीएल र एलजी इनर्जी सलुसन पछि विश्वको तेस्रो ठूलो ईभी ब्याट्री उत्पादक हो।

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार