
काठमाडौं ।
च्याटजीपीटीलाई चीनले देश भित्र प्रतिबन्ध लगाएको छ। सबै प्राविधिक कम्पनीहरूलाई उनीहरूको प्लेटफर्ममा च्याटजीपीटी सेवाहरू उपलब्ध गराउन प्रतिबन्ध लगाइएको छ।
यस सम्बन्धमा, सरकारी मिडियाले भनेका छन कि अमेरिका स्थित च्याटजीपीटीले चीन को बारेमा गलत जानकारी फैलाइरहेको छ जुन चीनको एकताको लागी खतरा हुन सक्छ। यसका कारण सबै प्रविधि कम्पनीहरूलाई कुनै पनि तरिकाले च्याटजीपीटी सेवाहरू उपलब्ध गराउन प्रतिबन्ध लगाइएको छ।
चीनले च्याटजीपीटी सेवाहरू प्रतिबन्धको पछाडि आफ्नो एकता र सुरक्षालाई खतरामा पारेको बताएको छ। फोर्ब्सको रिपोर्टकाअनुसार नियामकहरूले चीनमा च्याटजीपीटी देशमा प्रत्यक्ष वा तेस्रो पक्षमार्फत उपलब्ध गराउन नहुने कम्पनीहरूलाई निर्देशन दिएका छन्। यसमा वीच्याटको मूल कम्पनी टेनसेन्ट र अलिबाबा सम्बद्ध समूह एन्ट ग्रुप पनि समावेश छ। अन्य वेब प्लेटफर्महरू जस्तै, च्याटजीपीटीलाई पनि चीनको ग्रेट फायरवालद्वारा अवरुद्ध गरिएको रिपोर्टमा बताईएको छ।
रिपोर्टका अनुसार पहिले च्याटजीपीटीको सेवाहरू वीच्याटमा थर्ड पार्टी एप्स मार्फत केही प्रयोगकर्ताहरूका लागि उपलब्ध थिए, तर अब टेनसेन्टले त्यसलाई पनि हटाएको छ।
यति मात्र होइन, च्याटबट सेवामाथि पनि प्रतिबन्ध लगाउनुका साथै यहाँका प्रविधि कम्पनीहरूलाई अर्को निर्देशन पनि दिइएको छ। यसका साथै, यदि कुनै टेक कम्पनीले आफ्नै च्याटबोट वा एआईमा आधारित कुनै समान सेवा सुरु गर्न लागेको छ भने, त्यसअघि कम्पनीले त्यसका लागि नियामकहरूबाट क्लियरेन्स लिनुपर्ने उक्त निर्देशनमा भनिएको छ।
च्याटजीपीटीले अमेरिकी सरकारलाई आफ्नो प्रोपोगाण्डा फैलाउन मद्दत गरिरहेको चिनियाँ नियामकहरूले भनेका छन्।
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार