सामसङले ल्याउँदैछ प्रोजेक्टर स्मार्टवाच, भित्ता वा स्क्रिनमा चलचित्र हेर्न सक्षम हुने

  • Technology Khabar | ७ फाल्गुन २०७९, आईतवार
सामसङले ल्याउँदैछ प्रोजेक्टर स्मार्टवाच, भित्ता वा स्क्रिनमा चलचित्र हेर्न सक्षम हुने

काठमाडौं ।

सामसङले नयाँ स्मार्टवाचमा काम गरिरहेको छ, जसमा प्रोजेक्टर पनि समावेश हुनेछ। यो प्रोजेक्टर प्रयोग गरेर प्रयोगकर्ताहरूले कुनै पनि भित्ता वा सतहलाई टिभी स्क्रिनको रूपमा प्रयोग गर्न सक्नेछन् र ओटीटी सामग्री पनि हेर्न सक्नेछन्।

वास्तवमा, दक्षिण कोरियाली टेक कम्पनीले इनबिल्ट प्रोजेक्टरको साथ ग्यालेक्सी स्मार्टवाचको अवधारणा तस्विर देखाउँदै पेटेन्ट दायर गरेको छ।

कन्सेप्ट इमेजले अर्को छेउमा ग्यालेक्सी स्मार्टवाचबाट प्रक्षेपण गरिएको लाइट देखाउँदछ। प्याटेन्ट रिपोर्टले स्मार्टवाचमा डिस्प्ले दिइने देखाउँछ र यसको छेउको भागमा प्रोजेक्टर जडान गरिनेछ। यस अवस्थामा प्रोजेक्टर नियन्त्रण गर्न सजिलो हुनेछ। यद्यपी यसले कति क्षेत्रफलमा अझ राम्रो तरिकाले प्रकाश पठाउन सक्छ भन्ने बारेमा भने कुनै जानकारी दिइएको छैन।

एलईडी प्रोजेक्टरमा धेरै प्रकारका लेन्सहरू प्रयोग गर्न सकिन्छ, जुन तस्विरको गुणस्तर व्यवस्थापन गर्न पनि प्रयोग गर्न सकिन्छ। यद्यपि यस प्रविधिको बारेमा थप जानकारी आउन बाँकी छ।

तर, प्याटेन्टका लागि डिजाइन दिनु कम्पनीको एक नियमित प्रक्रिया हो र यसअघि धेरै कन्सेप्ट डिजाइनहरू बाहिर आएका छन् । तर प्रत्येक प्याटेन्ट डिजाइनको बजार संस्करण तयार हुँदैनन्।

ब्याट्री ब्याकअपले महत्त्वपूर्ण भूमिका खेल्ने

सामसङको यो स्मार्टवाचमा ब्याट्री ब्याकअपले महत्त्वपूर्ण भूमिका खेल्नेछ। प्रोजेक्टरलाई थप पावर चाहिन्छ र लामो ब्याकअप लिने कम्पनीको योजना बारे कुनै जानकारी दिइएको छैन। यसको ब्याकअप आदि बारे धेरै जानकारी आउन बाँकी नै छ।

प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Best corporate & dedicated internet provider in Nepal: why businesses are choosing Classic Tech in 2026

  • Technology Khabar
  • ७ फाल्गुन २०७९, आईतवार