सामाजिक सञ्जालमार्फत ठगी गर्नेबाट बच्न अनुरोध

  • Technology Khabar | ९ माघ २०७९, सोमबार
सामाजिक सञ्जालमार्फत ठगी गर्नेबाट बच्न अनुरोध

काठमाडौं ।

सामाजिक सञ्जालबाट सम्पर्कमा आई ‘लोभ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरोले सबैमा अनुरोध गरेको छ।

पछिल्लो समयमा बैकिङ कसुर मुद्दामा वृद्धि भएको तथा वैदेशिक रोजगार, अध्ययनमा जानुपूर्व बैक ब्यालेन्स, नेपाली राहदानी नागरिकता प्रमाणपत्रलगायतका कागजात आवश्यक पर्ने भनी ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यसतर्फ सचेत हुन काठमाडौँ प्रहरीले सबैमा सूचित गरेको छ।

सामाजिक सञ्जालको प्रयोग गरी विदेश पठाउनेलगायत उल्लेख गरी विज्ञापन प्रकाशित गर्ने पैसा माग्ने, नागरिकता र राहदानी लिने र ठगी गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले छ बुँदे अनुरोध सार्वजनिक गरेको छ।

परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दानबहादुर कार्की यस्त गिरोहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाएर विदेश जाँदा खातामा रकम जम्मा गर्नुपर्ने भनि व्यक्तिको खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि प्रक्रिया अघि बढाउने भन्दै नागरिकता र
राहदानीसमेत लिने गरेको बताए।

उनका अनुसार त्यसरी सक्कल नागरिकताका आधारमा पीडितले प्रयोग गर्दै आएको मोबाइल नम्बर हराएको बहानामा अर्को सिम निकाली बैकिङ एप आफ्नो मोबाइलमा प्रयोग गरी ओटीपी कोडमा पहुँच बनाई पीडितलाई थाहै नदिई मोबाइल बैकिङमार्फत पैसा सार्ने गरेको पाइएको छ।

त्यसैले यस्ता गिरोहलाई निरुत्साहित गरी आफू जोगिन प्रहरीले छ बुँदे अनुरोध नै सार्वजनिक गरी नागरिकलाई सचेत गराएको छ। “घटना घट्नु अघि नै नागरिक सूचित भए भने त्यसबाट जोगिन सकिन्छ भन्ने उद्देश्यले उक्त सूचना जारी गरेका छौं,” एसएसपी कार्कीले भने, “१० वर्षअधि यस्ता घटना नै थिएन, पछिल्ला समयमा सूचना र प्रविधिको प्रयोग गरी घटना हुन थाले प्रहरीमा पनि उजुरी आइरहेका छन्, त्यसैले नागरिकलाई ध्यानाकर्षण गराएका छौं।”

प्रहरीले जारी गरेको सूचनामा आफ्नो मोबाइलमा आएका जुन पायो त्यही एप्स क्लिक नगर्न, ह्वाट्सएप, भाइबर, म्यासेन्जरलगायतका सामाजिक सञ्जालमार्फत सम्पर्कमा आउने व्यक्तिको वास्तविक पहिचान खुल्न नआएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राहदानी नदिन, ई-बैकिङ्ग, मोबाइल बैकिङ सञ्चालनमा रहेका नम्बर असम्बन्धित व्यक्तिलाई शेयर नगर्न भनिएको छ।

प्रकाशित: ९ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • ९ माघ २०७९, सोमबार