
काठमाडौं ।
कार निर्माता स्टेलान्टिसले आफ्नो डाटा सेवा व्यवसाय विस्तार गर्न मद्दत गर्ने नयाँ व्यवसाय यूनिट विस्तार गर्ने बताएको छ। आगामी दशकमा सफ्टवेयर सम्बन्धित गतिविधिबाट राजश्व वृद्धि गर्ने योजनाको हिस्साको रुपमा यसलाई लिइएको कम्पनीले बिहीबार बताएको रोयटर्सले उल्लेख गरेको छ।
मोबिलिसाइट्स भनिने नयाँ यूनिटले प्रतिद्वन्दी कार निर्माताहरु लगायतका ग्राहकहरुको लागि विस्तृत रेन्जको डाटा लाइसेन्स दिनेछ। स्टेलान्टिस जडान भएका सवारी साधनहरु सन् २०३० सम्म ३४ मिलियन हुने अपेक्षा गरिएको छ। हाल करिब १२ मिलियन छ।
मोबिलिसाइट्सका सीईओ सञ्जीव घाटेले पत्रकारहरुलाई भने कि व्यवसायले सडक जोखिमहरुको बारेमा जानकारी प्रदान गरेर दुर्घटनाहरु कम गर्न मद्दत गर्छ, र बीमा उत्पादनहरुलाई व्यक्तिगत चालकहरुको लागि राम्रोसँग अनुकूल बनाउन अनुमति दिन्छ।
‘नयाँ छुट्टै यूनिट स्थापना गर्दा सहज रुपमा सहकार्य गर्न सकिन्छ,’ उनले भने।
मोबिलिसाइट्सले सन् २०३० सम्ममा सफ्टवेयर सम्बन्धित सेवाबाट स्टेलान्टिसले अपेक्षा गरेको वृद्धिशील् वार्षिक राजश्वमा २० बिलियन युरोको प्रमुख योगदानकर्ता हुनेछ,’ कम्पनीले लस भेगासमा एस्ईसी सम्मेलनमा घोषणा गर्यो।
प्रकाशित: २५ पुष २०७९, सोमबार