
काठमाडौं ।
एन्ट ग्रुपका संस्थापक ज्याक माको नियन्त्रणमा कम्पनी नहुने भएको छ। कम्पनीका सेयरधनीहरुले समायोजनको एक सिरिज लागू गर्न सहमत भएसँगै माले आफ्नो अधिकांश मतदान अधिकारहरु त्याग्न सक्ने ग्रुपले शनिबार भनेको रोयटर्सले उल्लेख गरेको छ।
यो कदम नियामकको क्र्याकडाउन पछिको अर्को ठूलो विकास क्रममलाई जनाउँछ। एन्टले २०२० मा ३७ बिलियन अमेरिकी डलरको आईपीओ रद्द गरेको थियो। यसबाट कम्पनीलाई वित्तीय प्रविधि बेहेमथको पुनसंरचना आवश्यक भएको थियो।
ज्याक माले स्थापना गरेको एन्ट ग्रुपबाट उनको प्रस्थानले ठूला निजी लगानीकर्ताहरुको प्रभाव कम गर्न चिनियाँ नेतृत्वको दृढ संकल्पलाई देखाउँछ। यो प्रवित्ति चिनियाँ अर्थतन्त्रको अन्य महत्वपूर्ण उत्पादक क्षेत्रमा लागु हुने देखिन्छ।
‘आधिकारिक टिप्पणीहरुका बावजुद एन्टले वित्तीय सिस्टममा थोरै जोखिम खडा गर्यो र आर्थिक वृद्धिको मुख्य चालकहरु मध्ये एक साना व्यवसायहरुको लागि ऋणको व्यवस्था गर्न प्रभावकारी थियो।
प्रकाशित: २५ पुष २०७९, सोमबार