
काठमाडौं ।
२४० वाट ‘स्मार्टफोन चार्जर’ कुनै नयाँ विषय होइन। यो मोबाइल वर्ल्ड कांग्रेस (एमडब्लुसी) २०२२ मा नै देखाईएको थियो। ओप्पोले यो चार्जिङ प्रविधि ल्याएको हो । जसरी सबैलाई थाहा छ रियलमी, ओप्पो, वनप्लस एक अभिभावक कम्पनीका विभिन्न खेलाडीहरू हुन् र प्राय: टेक्नोलोजी पनि साझा गर्छन्।
त्यसैले रियलमीले अब यो चार्जिङ समाधान पनि प्रस्तुत गरेको छ। कम्पनीले यो वर्ष आफ्नो आगामी फ्ल्यागशिप फोनमा २४० वाट फास्ट चार्जिङ सपोर्ट ल्याउने पुष्टि गरेको छ। यो फास्ट चार्जिङ सपोर्ट रियलमीको जीटी नियो ५ मा देखिनेछ। सन् २०२२ मा, रियलमीले जीटी नियो ३ मा १५० वाट फास्ट चार्जिङ ल्यायो। रियलमी जीटी नियो ५ मा स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसर दिइने बताइएको छ। फोनको लन्चको सही मिति अझै थाहा छैन, कम्पनीले भनेअनुसार रियलमी जीटी नियो फेब्रुअरी ५ मा लन्च हुनेछ।
२४० वाट चार्जिंगको साथ, रियलमी जीटी नियोले ५ मिनेटमा ४५०० एमएएच ब्याट्री पूर्ण रूपमा चार्ज गर्न सक्षम हुने भनिएको छ। कम्पनीले आफ्नो आधिकारिक वेईबो पृष्ठमा पुष्टि गर्दै रियलमी जीटी नियो ५ सबैभन्दा फास्ट २४० वाट चार्जिङ प्रविधिको साथ आउने कम्पनीको पहिलो फोन हुनेछ।
रियलमीले यो चार्जिङ टेक्नोलोजीको लागि २४० वाट डुअल गान(GaN) मिनी चार्जिङ एडाप्टर प्रयोग गर्ने पनि बताएको छ। कम्पनीले यूएसबी टाइप सी इन्टरफेसको साथ १२ एम्पीएर चार्जिङ केबल पनि प्रदान गर्नेछ।
रियलमी जीटी नियो ५ को स्पेसिफिकेशनको बारेमा पनि अनुमान गरिएको छ। यो स्मार्टफोनमा ६.७ इन्चको एफएचडी प्लस डिस्प्ले हुने बताइएको छ, जुन १४४ हर्ट्ज रिफ्रेस रेटमा आउनेछ। यो फोन क्वालकम स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसरसंग सुसज्जित हुन सक्छ र एक इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सरका साथ आउनेछ।
क्यामराको स्तरमा पनि अनुमान गरिएको छ। यो भनिएको छ कि रियलमी रियलमी जीटी नियो ५ मा ५० एमपी र २५ एमपी सेन्सरहरू हुनेछन्। फोन २ मोडेलमा आउने बताईएको छ।
प्रकाशित: २३ पुष २०७९, शनिबार