
काठमाडौं ।
आइएमई पे र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा रू.१ हजारसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ।
सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए।
सम्झौता पश्चात आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।
प्रयोगकर्ताले भुक्तानी गरेपछि रू.१००० को बोनस तुरुन्तै प्राप्त गर्नसक्नुका प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ।
प्रकाशित: २० पुष २०७९, बुधबार