हल्ट प्राइजका सहभागीलाई सौरभ ज्योतिको आइडिया

  • Technology Khabar | २० पुष २०७९, बुधबार
हल्ट प्राइजका सहभागीलाई सौरभ ज्योतिको आइडिया

काठमाडौं ।

हल्ट प्राइजले सफ्टवेरिका कलेजमा हल्ट प्राइज प्रतियोगितामा सहभागी विद्यार्थीहरुका लागि ‘आइडिया टु इन्टरप्रेन्योर’ विषयक कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा उद्यमी सौरभ ज्योतिले नेपालमा औद्योगिक अवस्थाको बारेमा आफ्ना विचारहरु सेयर गरेका थिए। उनले सहभागीहरुसँग भने, ‘कोरोना भाइरसको महामारीले विश्वभरका व्यवसायका लागि अभूतपूर्व चुनौति खडा गरेको छ तर नेपालको आइटी उद्योगका लागि यसले वृद्धि र विकासका अवसरहरु पनि प्रदान गरेको छ।’

‘महामारीको समयमा आइटी उद्योगको ठूलो विकास भएको छ’, ज्योतिले भने, ‘घरबाटै काम गर्नु र अनलाइन सञ्चार सामान्य बनेका कारण व्यवसायीहरुले यो परिवर्तनमा आफूलाई अनुकूलन गर्नुपरेको छ।’

ज्योतिले नेपाल शून्य कार्बन उत्सर्जन गर्ने मुलुक बन्न सक्ने सम्भावनालाई पनि प्रकाश पार्दै मुलुकमा दिगोपनको उच्च सम्भावना रहेको बताए । उनले भने, ‘यो संक्रमणमा तथ्यांकले महत्वपूर्ण भूमिका खेल्छ।’

प्रकाशित: २० पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार