करदातालाई इन्डक्सन चुलो

  • Technology Khabar | २९ मंसिर २०७९, बिहीबार
करदातालाई इन्डक्सन चुलो
ललितपुरको ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटलमा बिक्रीका लागि राखिएका इन्डक्सन चुल्हो। फाइल तस्बिर

काठमाडौं ।

प्युठान नगरपालिकाले एक हजार चार सय इन्डक्सन चुलो वितरण गर्ने भएको छ। खाना पकाउनका लागि स्वच्छ ऊर्जा तथा प्रविधि प्रवद्र्धन कार्यक्रमअन्तर्गत पालिकाले चुलो वितरण गर्न लागेको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत साझेदारीमा चुलो वितरण गर्न लागिएको प्रवक्ता सुमन श्रेष्ठले बताए। यसमा नगरपालिकाको सात लाख २७ हजार ६२२ रुपियाँ लगानी रहेको छ।

चुलो वितरणका लागि गत भदौ ३१ गतेको कार्यपालिका बैठकले मापदण्ड बनाएको र सोहीअनुसार वितरण गरिएको उपप्रमुख देवेन्द्र बर्माले जानकारी दिए। पाँच सय रुपियाँभन्दा बढी एकीकृत सम्पत्ति कर तिर्ने व्यक्तिलाई चुलो दिने निर्णय भएको समेत उनले बताए। गोरखापत्रबाट

प्रकाशित: २९ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार