
काठमाडौं ।
महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले बुधबार महाराष्ट्रको पुणेमा विद्युतीय सवारी साधन निर्माण र विकासमा आगामी ७ देखि ८ वर्षमा १० हजार करोड भारु लगानी गर्ने बताएको छ।
विद्युतीय सवारीका लागि १० हजार करोड भारुको लगानीलाई महाराष्ट्र सरकारको विद्युतीय सवारीका लागि औद्योगिक प्रवर्द्धन योजना अन्तर्गत स्वीकृत गरिएको छ, महिन्द्रा एण्ड महिन्द्राले नियामक फाइलिङमा भनेको छ।
‘कम्पनीले यसको सहायक मार्फत महिन्द्राको आगामी बोर्न इलेक्ट्रिक वाहन (बीईभी) को निर्माण सुविधा, विकास र उत्पादन स्थापना गर्न ७ देखि ८ वर्षको अवधिमा करिब १० हजार करोड भारु लगानी गर्नेछ,’ कम्पनीले भनेको छ।
यी मध्ये केही बीईभीहरु अक्सफोर्डशायर युगे २०२२ अगस्त १५ मा प्रदर्शन गरिएको थियो।
यी इलेक्ट्रिक एसयूभीहरू आईएनजीएलभो ईभी प्लेटफर्ममा आधारित छन् र एक्सयूभी ब्रान्ड र सबै नयाँ इलेक्ट्रिक–मात्र ब्रान्ड ‘बीई’ अन्तर्गत लन्च गरिनेछन्।
महिन्द्रा एण्ड महिन्द्राका कार्यकारी निर्देशक, अटो एण्ड फार्म सेक्टर राजेश जेजुरीकरले भने, ‘सरकारको ध्यान ’व्यवसाय गर्न सजिलो’ र प्रगतिशील नीतिहरू, महिन्द्राको लगानीसँगै, महाराष्ट्रलाई भारतको ईभी हब बन्न उत्प्रेरकको रूपमा काम गर्नेछ, जसले थप भारतीय र प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नेछ।’
विगत ७० वर्षदेखि महाराष्ट महिन्द्रा एण्ड महिन्द्राको घरेलु राज्य भएको बताए।
गत अगष्टमा महिन्द्रा एण्ड महिन्द्राले भारत र अन्तर्राष्ट्रिय बजारका लागि ५ नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने घोषणा गरेको छ। पहिलो ४ ईभी २०२४ देखि २०२६ भित्रमा बजारमा उपलब्ध गर्ने कम्पनीको योजना छ।
सेप्टेम्बरमा सार्वजनिक गरिएको एक्सयूभी४०० जनवरी २०२३ देखि बिक्रीका लागि उपलब्ध हुन्छ।
प्रकाशित: २९ मंसिर २०७९, बिहीबार