
काठमाडौं ।
नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लीट बिल (Split Bill) को सुबिधा प्रयोग गर्न सक्ने भएका छन्।
यो सुबिधाको फाइदा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्।
साथीभाई र आफन्तसंग खाजा खाँदा होस् या शपिङ्ग जाँदा, नमस्ते पेको स्प्लीट बिल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिन्छ। क्यूआर स्क्यानमार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुबिधाबाट लाभ लिन सकिन्छ।
एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रबर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो।
प्रकाशित: २६ मंसिर २०७९, सोमबार