ट्विटरले क्यारेक्टर लिमिट बढाएर ४ हजार पुर्याउने

  • Technology Khabar | २६ मंसिर २०७९, सोमबार
ट्विटरले क्यारेक्टर लिमिट बढाएर ४ हजार पुर्याउने

काठमाडौं ।

ट्विटरको नयाँ मालिक र टेक अर्बपति इलन मस्कले टेकओभर पछि ट्विटरमा धेरै परिवर्तनहरू गरेका छन्। एकातिर ट्विटर ब्लू आजदेखि शुरु भएसँगै चर्चामा छ भने अर्कोतिर ट्विटरको शब्द सीमाबारे जानकारी प्राप्त भइरहेको छ।

इलन मस्कले ट्विटरको शब्द सीमा बढाएर ४ हजार पुर्याउने ट्वीटमार्फत पुष्टि गरेका छन् । यसअघि ट्विटरको शब्द सीमा २८० थियो तर अब मस्क यसलाई बढाएर ४ हजार पुर्याउने तयारीमा छन्।

यदि शब्द सीमा ४,००० पुगेको अवस्थामा, त्यसपछि तपाइँ ट्विटरमा पूर्ण निबन्ध नै लेख्न सक्षम हुनुहुनेछ।

ट्विटरमा एक व्यक्तिले ट्विटमार्फत इलन मस्कलाई प्रश्न गरेका छन्। ओबरे नामका एक ट्विटर प्रयोगकर्ताले मस्कलाई सोधे के ट्विटरले क्यारेक्टर लिमिट २८० बाट बढाएर ४००० पुर्याएको हो ? इलन मस्कले यस प्रश्नको जवाफ दिए, र जवाफ ‘हो’ थियो।

जानकारीको लागि, पहिले ट्विटरले मात्र १४० क्यारेक्टरको लिमिट दिने गर्दथ्यो। पछि ८ नोभेम्बर, २०१७ मा ट्विटरले शब्द सीमा दोब्बर गर्यो, त्यसपछि २८० शब्दको सीमा हुन थाल्यो।

प्रकाशित: २६ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...