टूसिम्पल र नाभिस्टारले अटो-ड्राइभिङ ट्रक विकास गर्ने सम्झौता तोडे

  • Technology Khabar | २३ मंसिर २०७९, शुक्रबार

काठमाडौं ।

टूसिम्पल होल्डिङ्ग्स इंक र नाभिस्टारले सेल्फ-ड्राइभिङ ट्रकहरू सह-विकास गर्ने सम्झौता समाप्त गरेका कम्पनीहरूले घोषणा गरेका छन्।

सन् २०२० मा, इलिनोइसमाआधारित नाभिस्टारले टूसिम्पल (TuSimple) मा अल्पसंख्यक हिस्सेदारी किन्यो र सन् २०२४ सम्ममा हेभी-ड्युटी सेल्फ-ड्राइभिङ ट्रकहरू सह-विकास गर्ने सम्झौताको घोषणा गरेका थिए। यसले पछिल्लो समय स्वायत्त ड्राइभिङ टेक्नोलोजीको क्षेत्रमा लगानीकर्ताको ध्यान बढायो।

ट्रकहरू लेभल ४ अटोनोमसमा सञ्चालन हुने थिए, जहाँ सवारीहरू निर्धारित परिस्थितिहरूमा चालक बिना चल्न सक्छन्।

टूसिम्पलले डीएचएल सप्लाई चेन, स्नाइडर र यूएस एक्सप्रेस लगायतका कम्पनीहरूबाट सेल्फ-ड्राइभिङ ट्रकहरूको लागि लगभग ७ हजार अर्डरहरू पनि प्राप्त गरेको थियो।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार