लेक्ससको ईभीमा गियर हुने

  • Technology Khabar | २३ मंसिर २०७९, शुक्रबार

काठमाडौं ।

विश्वमा ईभीको बढ्दो मात्रसँगै उत्पादन पनि तीब्र गतिमा भइरहेको छ। ब्याट्रीको सहायतामा गुड्ने यी ईभीहरुको कारणले म्यानुअल गिएरबक्सको अन्त्य हुने अनुमान भइरहेको छ। तर लेक्सस र टोयोटाले भने ईभी पनि म्यानुअल गिएरबक्सको जस्तो अनुभव प्रदान गर्न सहकार्य गरिरहेका छन्।

लेक्ससले ईभीको ड्राईभिङ थप आकर्षक बनाउका निम्ति म्यानुअल ट्रान्समिसनको विकाश गरिरहेको ईभोले उल्लेख गरेको छ। हुनत सबै अटोमेकर्सहरु ईभीमा पनि ईन्टाएर कम्बसन–पावर्ड ड्राईभिङ एक्सपिरेन्स दिन प्रयासरत देखिन्छन् यद्यपि त्यसको लागि पाईला चाल्ने लेक्सस पहिलो कम्पनी बनेको छ।

लेक्ससले सिम्पल म्यानुअल गिएरबक्सलाई इलेक्ट्रिकमोटरमा बोल्ट गर्नुको सट्टा गियर स्टिक र क्लच पेडल जडान नगरी ड्राईभिङ एक्सपिरेन्सलाई जीवन्त राख्न खोजेको बुझिएको छ। अटोमेकरले ड्राईभिङलाई वास्तविकता जस्तै बनाउनको लागि गियर परिवर्तन गर्दा प्रतिक्रिया र प्रतिरोध बटुल्न ह्यापिटक ड्राईभरको सहायत लिई परीक्षण गरिरहेको छ।

लेक्सस र टोयोटाका इन्जिनियरहरुले ईभीको टर्क वृद्धिको लागि कार्य गरिरहेका बताइएको छ।

जापानी अटोमेकरले पहिले नै यूएक्स३००ई इलेक्ट्रिक क्रसओभर आधारित परीक्षणको लागि प्रोटोटाईप ईभी निर्माण गरेको छ। उक्त टेस्ट भेहिकलमा इन्जिनियरहरुले पेट्रोल इन्जिनको जस्तै ट्रान्समिसनको र इन्जिनको फिल दुरुस्तै उतारेको बताइएको छ। त्यसैगरी उक्त टेस्ट भेहिकलमा रेभ काउन्टर राखिएको र इन्जिनको रम्बल अनुभवको लागि गाडिको सिटहरुमा मोटर जडान गर्न मिल्ने पनि बताइएको छ।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया