आईकू नियो ७ एसई सार्वजनिक, २० मिनेटमा फुल चार्ज हुने

  • Technology Khabar | २३ मंसिर २०७९, शुक्रबार

काठमाडौं ।

भिभोको सब ब्रान्ड आईकूले आईकू ११ सिरिज सार्वजनिक गरेको छ। साथै कम्पनीले मिड रेञ्ज आईकू नियो ७ एसई पनि सार्वजनिक गरेको गिगचाइनाले उल्लेख गरेको छ।

आईकू नियो ७ एसईमा प्रिमियम नयाँ मिडियाटेक डाइमेनसिटी ८२०० चिपसेट छ। आईकू नियो ७ एसई तीन र्याम भेरियन्टमा उपलब्ध छ।
८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ३०१ अमेरिकी डलर तोकिएको छ। ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ३३० अमेरिकी डलर तोकिएको छ। १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ३५८ अमेरिकी डलर तोकिएको छ। १६ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ४०२ अमेरिकी डलर तोकिएको छ। १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ४१६ अमेरिकी डलर तोकिएको छ।

आईकू नियो ७ एसईको ५००० एमएएच डुअल सेल ब्याट्रीले १२० वाट अल्ट्रा फास्ट चार्जिङ सपोर्ट गर्छ। कम्पनीका अनुसार डिभाइस १ देखि ६० प्रतिशतसम्म १० मिनेटमा चार्ज हुन्छ। फुल चार्ज हुन २० मिनेट भन्दा कम लाग्ने कम्पनीको दाबी छ।

आईकू नियो ७ एसईमो ६.७८ इन्चको १२० हर्ज हाई ब्रस फेक्सिबल स्ट्रेट स्क्रिन छ। डिस्प्लेले १००० निट ग्लोबल म्याक्सिम ब्राइटनेस सपोर्टगर्छ। ८००००००ः१ कन्ट्रास रेसियो, १३०० निट लोकल पिक ब्राइटनेस, एडीआर१० पल्स एसजीएस लो ब्लू लाइट सर्टिफकेसन छ। यो क्लोज स्टेरियो डुलअ स्पिकर प्लस १२० डिग्री साउन्ड फिल्डमा फाकिलो एल्गोरिथ्मको साथमा आउँछ।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया