ताजा समाचार

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप ‘एम डबली’ मार्फत भुक्तानी गर्न सकिने

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप ‘एम डबली’ मार्फत भुक्तानी गर्न सकिने
Global IME Bank

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली (mDabali) मार्फत भुक्तानी गर्न सकिने भएको छ।

इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो। हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो।

हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुबिधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जनाए।

भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगायतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अवदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए।

यो सेवा संचालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधै सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।

Sajilo Visa
easy care