नागरिक एपले पायो डब्लुएसए- २०२२ अवार्ड

  • Technology Khabar | १३ मंसिर २०७९, मंगलवार
नागरिक एपले पायो डब्लुएसए- २०२२ अवार्ड

काठमाडौं ।

सरकारी सेवा मोबाइलमै उपलब्ध गराउने उद्देश्यको नागरिक एपले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। नागरिक एपसहित नेपालकै क्युआर हेल्थले वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ हात पारेका हुन्।

नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इङ्गेजजमेन्ट विधा अन्तर्गत नागरिक एप र हेल्थ एण्ड वेल बिइङ विधा अन्तर्गत क्युरा हेल्थले डब्लुएसए अवार्ड जितेका हुन्।

दक्षिण एशियाली मूलुकबाट नेपालले दुई विधामा अवार्ड जितेको छ । नागरिक एप सबै सरकारी सेवाहरू मोबाइल एपबाटै दिने उद्देश्यले तयार पारिएको हो भने क्युआर हेल्थ स्वास्थ्य क्षेत्रलाई डिजिटाइज गर्न तयार पारिएको एप हो।

विजेताले आगामी मार्चमा हुने डब्लुएसए ग्लोबल कंग्रेसमा आफ्नो प्रस्तुती दिन पाउनेछन्। उत्कृष्ट प्रस्तुति गर्ने टिमले डब्लुएस २०२३ ग्लोबल च्याम्पियनका लागि प्रतिस्पर्धा गर्ने मौका पाउने जनाइएको छ।

प्रकाशित: १३ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Springbase launches Multilingual Voice-to-Agent capabilities, turning spoken ideas into finished work

  • Technology Khabar
  • १३ मंसिर २०७९, मंगलवार