सामसङ ग्यालेक्सी जेड फोल्ड ४ जेनसिन इम्प्याक्ट एडिसन दक्षिण कोरियामा सार्वजनिक

  • Technology Khabar | २ मंसिर २०७९, शुक्रबार

काठमाडौं ।

सामसङले आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ४ स्पेसल एडिसन घरेलु बजार दक्षिण कोरियामा सार्वजनिक गरेको छ। कम्पनीले आकर्षक डिजाइनको ग्यालेक्सी जेड फोल्ड ४ इम्प्याक्ट एडिसन दक्षिण कोरियामा सार्वजनिक गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

हालै कोरियाका धेरै ब्रान्डहरुले आफ्नो उत्पादनहरु जेनसिन इम्प्याक्ट एडिसन मोडलमा सार्वजनिक गरिरहेका छन्। क्रस प्ल्ेटफर्म गेम विश्वभरि लोकप्रिय छ।

दक्षिण कोरियाली टेक कम्पनीले गेमबाट प्रेरित आफ्नै स्पेशल एडिसन सार्वजनिक गरको छ। गेम क्यारेक्टर ‘यान्यु’ प्राथमिक थिम हो।

जानकारीका लागि यो गेमको साइरो क्यारेक्टर हो। त्यसैले फोल्डेबल स्मार्टफोनको स्पेशल एडिसनमा ब्लू एक्सेन्टहरु दिइएको छ।

ग्यालेक्सी जेड फोल्ड ४ फाइभजी मोडलको पछाडिको प्यानलमा क्यारेक्टर देख्न सक्छौं।

ब्रान्डले ग्लोबल गेम एक्जिबेसन जी–स्टार २०२२ मा नयाँ सहकार्यको घोषणा गरेको छ। जुन हाल दक्षिण कोरियामा आयोजना भइरहेको छ र यो १० नोभेम्बर २०२२ सम्म चल्नेछ।

प्रकाशित: २ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया