प्रिमियम सदस्यता बिना ब्याकग्राउण्डमा प्ले गर्न चाहनुहुन्छ युट्युब भिडियो, पालना गर्नुस् यो सजिलो प्रक्रिया

  • Technology Khabar | २७ कार्तिक २०७९, आईतवार

काठमाडौं ।

हामी मध्ये धेरैले आफ्नो फोनमा गीत सुन्नको लागि म्युजिक एपको सट्टा भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब प्रयोग गर्छौं। गीत सुन्दा त रमाईलो हुन्छ, तर जब तपाइँ नोटिफिकेसन जाँच गर्न अर्को एप खोल्नुहुन्छ र यो समयमा भिडियो पज हुन्छ त्यसबेला भन्ने दिक्क लाग्दो हुन्छ।

तर त्यहाँ एउटा ट्रिक छ, जसको मद्दतले तपाइँ प्रिमियम सदस्यता नलिई पृष्ठभूमि अर्थात ब्याकग्राउण्डमा युट्युब भिडियोहरू प्ले गर्न सक्नुहुन्छ।

आउनुहोस् यो विशेष युट्युब ट्रिक बारे जानौं…

आईफोन प्रयोगकर्ताले यसरी पृष्ठभूमिमा युट्युब भिडियो प्ले गर्नुस्

  • पृष्ठभूमिमा भिडियोहरू प्ले गर्न आफ्नो फोनमा गुगल क्रोम वा मोजिल्ला फायरफक्स डाउनलोड गर्नुहोस्।
  • त्यस पछि लगइन गर्नुहोस् र अगाडि बढ्नुहोस्।
  • अब यहाँबाट युट्युबको डेस्कटप साइट खोल्नुहोस्।
  • तपाइँ पृष्ठभूमिमा प्ले गर्न चाहानु भएको भिडियो प्ले गर्नुहोस्।
  • यसो गरेपछि, जब तपाईं होम स्क्रिनमा फर्कनुहुन्छ, भिडियो बन्द हुनेछ।
  • यस अवस्थामा, नोटिफिकेसन प्यानलमा जानुहोस् र भिडियो फेरि प्ले गर्नुहोस्।
  • अब भिडियो पृष्ठभूमिमा प्ले सुरु हुनेछ।

एन्ड्रोइड प्रयोगकर्ताहरूले यी सजिलो स्टेपहरु पालना गर्नुहोस्

  • गुगल क्रोम वा मोजिला फायरफक्समा युट्युबको डेस्कटप संस्करण खोल्नुहोस्।
  • अब यहाँ तपाइँ पृष्ठभूमिमा प्ले गर्न चाहानु भएको भिडियो खोज्नुहोस्।
  • भिडियो प्ले गरेपछि, गृह स्क्रिनमा फर्कनुहोस्।
  • यदि भिडियो बन्द छ भने, तपाईंले नोटिफिकेसन प्यानलमा भएका मिडिया कन्ट्रोल्स मार्फत भिडियो प्ले गर्न सक्नुहुन्छ।
  • अब भिडियो पृष्ठभूमिमा चल्न सुरु हुनेछ।

प्रकाशित: २७ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Springbase launches Multilingual Voice-to-Agent capabilities, turning spoken ideas into finished work

  • Technology Khabar
  • २७ कार्तिक २०७९, आईतवार