काठमाडौं ।
जापानले शुक्रबार सोनी ग्रुप कर्प र एनईसी कर्प लगायतका प्राविधिक फर्महरूको नेतृत्वमा नयाँ सेमीकन्डक्टर उद्यममा प्रारम्भिक ७० अर्ब जापानी येन (५० करोड डलर) लगानी गर्ने बताएको छ। यो एडभान्स चिप्सको अग्रणी निर्माताको रूपमा पुन: दाबी गर्न हतारिएसँगै चिप निर्माणमा थप लगानी गर्न लागेको बताईएको छ।
“एआई, डिजिटल उद्योगहरू र स्वास्थ्य सेवा जस्ता नयाँ अग्रणी प्रविधिहरूको विकासको लागि सेमीकण्डक्टर (अर्धचालक)हरू महत्त्वपूर्ण घटक हुन गइरहेका छन्,” अर्थव्यवस्था, व्यापार र उद्योग मन्त्री यासुतोशी निशिमुराले पत्रकार सम्मेलनमा भनेको रोयटर्सले रिपोर्ट गरेको छ।
नयाँ चिप कम्पनीको नाम र्यापिडस राखिनेछ र दशकको दोस्रो आधामा चिप्स बनाउन थाल्ने लक्ष्य राखेको उनले बताए।
जापानको सरकारले भविष्यमा अर्बौं डलर लगानी गर्ने सम्भावना छ र अमेरिकी र युरोपेली चिप-सम्बन्धित कम्पनीहरूलाई उद्यममा आकर्षित गर्न चाहन्छ। यसमा इन्टरनेशनल बिजनेस मेसिन कर्प (आईबीएम) र एएसएमएल होल्डिंग्सलगायत हुनसक्ने बताईएको छ।
कुनै समय विश्वको आधाभन्दा बढी सेमिकन्डक्टरहरू बनाइसकेको जापान पनि चीनले उन्नत लजिक चिप उत्पादनको लागि हालको विश्वव्यापी हब, ताइवानलाई नियन्त्रणमा लिन प्रयास गर्न सक्छ भनेर चिन्तित छ।
रिपोर्टकाअनुसार र्यापिडसका अन्य कर्पोरेट लगानीकर्ताहरूमा निप्पोन टेलिग्राफ र टेलिफोन कर्पोरेशन, मेमोरी चिप निर्माता किओक्सिया होल्डिङ्स, सफ्टबैंक कर्पोरेशन, डेन्सो, टोयोटा मोटर कर्प र मित्सुबिशी यूएफजे फाइनान्सियल ग्रुप समावेश छन्।
प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार