ह्वाट्सएपमा आफैँलाई सन्देश पठाउन सकिने, ‘मेसेज योरसेल्फ’ फिचर परीक्षणमा

  • Technology Khabar | २१ कार्तिक २०७९, सोमबार
ह्वाट्सएपमा आफैँलाई सन्देश पठाउन सकिने, ‘मेसेज योरसेल्फ’ फिचर परीक्षणमा

काठमाडौं ।

छिट्टै तपाईले सोशल मिडिया प्लेटफर्म ह्वाट्सएपमा आफैँलाई सन्देश पठाउन सक्षम हुनुहुनेछ। हाल, ह्वाट्सएपले यो नयाँ फिचर ‘मेसेज योरसेल्फ’ परीक्षण गरिरहेको छ।

यो सुविधा हाल एन्ड्रोइड बिटा प्रयोगकर्ताहरूको लागि मात्र जारी गरिएको छ। यो चाँडै सामान्य प्रयोगकर्ताहरू (स्थिर एन्ड्रोइड र आईओएस) को लागी समेत पेश गरिनेछ।

डब्लुएबीटाइन्फोद्वारा एक रिपोर्टमा, तपाइँ कसरी ‘मेसेज योरसेल्फ’ सुविधा प्रयोग गर्न सक्नुहुन्छ भन्ने बारे स्क्रिनसट साझा गरिएको छ। स्क्रिनसटमा ‘एमई’ नामको बक्स देखिन्छ। यहाँबाट प्रयोगकर्ताहरूले आफ्ना महत्त्वपूर्ण सन्देशहरू आफैंलाई पठाएर सेभ गर्न सक्नेछन्।

यो लगभग तपाईंले आफैँलाई इमेल पठाएको जस्तै हुनेछ।

व्हाट्सएपले प्रयोगकर्ताहरूलाई आफ्नै नम्बरमा सन्देश पठाउने सुविधा दिएको यो पहिलो पटक होइन। पहिले पनि तपाईले यो गर्न सक्नुहुन्थ्यो, तर त्यसका लागि प्रक्रिया त्यति सजिलो थिएन। अब ‘मेसेज योरसेल्फ’ सुविधाको साथ, तपाईंले सजिलैसँग नोटहरू, सन्देशहरू, मिडिया र महत्त्वपूर्ण कागजातहरू पनि पठाउन सक्नुहुन्छ।

यस फिचरमार्फत प्रयोगकर्ताहरूले आफ्ना निजी र महत्त्वपूर्ण सन्देशहरू बचत गर्ने सुविधा पनि पाउनेछन्।

यस फिचर बाहेक, कम्पनीले ग्रुप च्याटको साथ प्रोफाइल फोटो र क्याप्शन सहित फर्वार्ड मिडिया जस्ता सुविधाहरूमा पनि काम गरिरहेको छ।

प्रकाशित: २१ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...