
काठमाडौं ।
विश्व अर्थतन्त्रमा मन्दीको छाउँदा लगभग हरेक प्राविधिक कम्पनीहरु साना तथा ठूलाहरुको आम्दानीमा कमी आएको छ।
मेटाको स्वामित्वमा रहेको फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएपले आफ्नो आम्दानीमा ठूलो गिरावट सामना गर्नु परेको छ। यो वर्ष मात्र मेटा करिब ९० अर्ब अमेरिकी डलर घाटा व्यहोरेको छ।
गत हप्ता एप्पलले आफ्नो त्रैमासिक आय विवरण सार्वजनिक गर्दा वित्तमा गिरावट देखिएको थियो। यसमा आईफोन १४ सिरिजको बिक्री विवरण नजोडिएको बताइएको छ।
उक्त रिपोर्ट सार्वजनिक भएको केही दिन पछि कम्पनीले बाहिर ल्याएको आन्तरिक रिपोर्टमा आईफोन निर्माताले सन् २०२२ को तेस्रो त्रैमासिकमा ६ प्रतिशत वृद्धि भएको गिगचाइनाले उल्लेख गरेको छ।
एप्पलको कुल मूल्य तीन ठूला प्राविधिक कम्पनीको मूल्य जोड्दा पनि बढी देखिएको छ। ती कम्पनीहरु अमेजन, मेटा र अल्फाबिटा रहेका छन्।
बिजनेस इनसाइडरका अनुसार एप्पलको मूल्य २.३०७ ट्रिलियन अमेरिकी डलर छ। अल्फाबिटाको मूल्य १.१२६ ट्रिलियन अमेरिकी डलर र अमेजनको करिब ९४० बिलियन अमेरिकी डलर छ। २४० बिलियन अमेरिकी डलर मूल्य सहित मेटा शीर्ष प्राविधिक कम्पनीको सूचीमा चौथो स्थानमा छ।
मेटा, अमेजन र अल्फाबिटाको कुल सम्पत्ति एकै ठाउँमा राखेर जोड्ने हो भने पनि एप्पलको भन्दा कम हुन्छ। यी तीन कम्पनीको मूल्य भन्दा एप्पलको मूल्य १ मिलियन अमेरिकी डलर बढी छ।
आर्थिक मन्दीको संकेतका बाबजुत एप्पलले अन्य ब्रान्डहरुको जस्तो दबाब महसुस गरेको देखिँदैन। एप्पलले समयमै आफ्नो नयाँ आईफोन १४ सिरिज सार्वजनिक गर्दा आम्दानीमा धेरै दबाब पर्न दिएन। साथै म्याक डेस्कटप कम्प्युटर, आईम्याक र म्याकबुकले पनि एप्पलको आम्दानीमा योगदान दिएका छन्।
प्रकाशित: २० कार्तिक २०७९, आईतवार