नेपाल टेलिकमको कार्यालयबाटै रिचार्ज कार्ड चोरी

  • Technology Khabar | १५ आश्विन २०७९, शनिबार
नेपाल टेलिकमको कार्यालयबाटै रिचार्ज कार्ड चोरी

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को आफ्नो सेवाहरुको रिचार्जका लागी प्रयोग गरिने रिचार्ज कार्डहरू चोरी भएका छन्।

कम्पनीको टेलिकमको प्रादेशिक निर्देशनालयले रिचार्ज कार्डहरू चोरी भएकोले सो कार्डहरू डिएक्टिभेट गरिसकेको सूचनामार्फत बताएको छ।

टेलिकमले बिक्रेता तथा ग्राहकहरूलाई चोरी भएका सो रेन्जको कार्डहरू खरिद नगर्न तथा नगराउनहुन अनुरोध गरेको छ।

टेलिकमको प्रादेशिक निर्देशनालय, काठमाडौंकाअनुसार चोरी भएका कार्डहरुमा कार्ड नं. ११२२०७००२४५०६००१ देखि ११२२०७००२४५०८००० सम्म २००० थान तथा ११२२०६००४३०२६००१ देखि ११२२०६००४३०२८००० सम्म २००० थान छन्।

टेलिकमका एक अधिकारीकाअनुसार यी रिचार्ज कार्डहरू कार्यालयबाटै चोरी भएका हुन्। तर कुन कार्यालयबाट चोरी भएको भन्ने स्पष्ट जानकारी दिएनन्। उनकाअनुसार यसअघि पनि रिचार्ज कार्डहरू चोरी हुने वा हराउने गरेका थिए।

प्रकाशित: १५ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार