कम्प्यूटर सामाग्रीमा हानी नोक्सानी पुर्याउने व्यक्ति पक्राउ

  • Technology Khabar | २४ भाद्र २०७९, शुक्रबार
कम्प्यूटर सामाग्रीमा हानी नोक्सानी पुर्याउने व्यक्ति पक्राउ

काठमाडौं ।

कम्प्यूटर सामाग्रीमा अनधिकृत पहुँच पुर्याई डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने एक जना व्यक्ति ललितपुरबाट व्यक्ति पक्राउ परेका छन्।

कम्पयूटर सामाग्रीमा अनधिकृत पहुँच पुर्याउने डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने ललितपुर महानगरपालिका–२ झम्सिखेलस्थित गनेश सोलुसन प्रा.लि.का संचालक ५० वर्षीय प्रशन्न पोखरेललाई प्रहरीले पक्राउ गरेको हो।

सुन्दर गुरुप अफ कम्पनीज प्रालि सञ्चालन गरी कम्प्यूटर तथा लेखा सम्बन्धी उपकरणहरुको कारोवार गर्ने, कम्प्यूटरको थोक व्यापार गर्ने, विविध वस्तुहरुको आयात निर्यात गर्ने लगायतका विविध सेवा प्रदान गर्दै आएकोमा सोही कम्पनीले आफ्नो र ग्राहकहरुको हितलाई लक्षित गरी निर्माण गरिएको वेब पोर्टल र डाटाहरुलाई होस्टिङ सर्भिस प्रोभाइडर गणेश सोलुसलनले अनधिकृत रूपमा होस्टिङ एकाउन्टमा प्रवेश गरी बिना सूचना डाटाहरु नष्ट गरी क्षती पुर्याउने कार्यमा संलग्न प्रशन्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–९ बत्तिसपुतली बस्ने प्रशन्न उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...