ईभीट्रिक राइड एचएस र माइटी प्रो स्कुटर सार्वजनिक

  • Technology Khabar | २४ भाद्र २०७९, शुक्रबार
ईभीट्रिक राइड एचएस र माइटी प्रो स्कुटर सार्वजनिक

काठमाडौं ।

ईभीट्रिक मोटर्सले ईभी इन्डिया एक्सपोमा दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले राइड एचएस तथा माइटी प्रो सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

राइड एचएसको मूल्य ८१ हजार ८३८ भार तथा माइटी प्रोको मूल्य ७९ हजार ५६७ भारु तोकिएको छ।

नयाँ इलेक्ट्रिक स्कुटर कम्पनीको वेबसाइट वा डिलिरशिपबाट बुक गर्न सकिन्छ। भारतमा कम्पनीको २०० भन्दा बढी डिलरसिप छ।

ईभीट्रिक राइड एचएस

ईभीट्रिक राइड एचएस कम्पनीको हाई स्पिड इलेक्ट्रिक स्कुटर हो। स्कुटर रेड, ब्ल्याक, वाइट र ग्रेमा उपलब्ध छ। यस इलेक्ट्रिक स्कुटरमा रिमूवेबल लिथियम आयन ब्याट्री दिइएको छ। १२० किलोमिटर रेञ्ज प्रदान गर्ने स्कुटरको टप स्पिड ५५ किलोमिटर प्रति घण्टा छ। इलेक्ट्रिक स्कुटर ४ घण्टामा ० देखि १०० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ।

इभीट्रिक माइटी प्रो

ईभीट्रिक माइटी प्रो पनि कम्पनीको हाई स्पिड इलेक्ट्रिक स्कुटर हो। १२० किलोमिटर रेञ्ज प्रदान गर्ने इलेक्ट्रिक स्कुटरको टप स्पिड ६५ किलोमिटर प्रति घण्टा छ। इभीट्रिक माइटी प्रो ४ घण्टामा फुल चार्ज हुने कम्पनीको दाबी छ।

प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...