रुसले रुसी नोटबुक र ट्याब्लेटका लागि अनुदान दिने

Technology Khabar ६ भाद्र २०७९, सोमबार

काठमाडौं ।

रूसले रूसी नोटबुक र ट्याब्लेटका लागि अनुदान दिने भएको छ।

रूसी सरकारले रूसी नोटबुक र ट्याब्लेट उप्तादन गर्ने इलेक्ट्रोनिक्स निर्माता र बिक्रि गर्ने थोक तथा खुद्रा विक्रेताहरूसँग अनुदान लागि बहस गरेको रूसी मिडिया “कोमरसन्ट”ले जनाएको छ।

बजारमा रूसी नोटबुक र ट्याब्लेटको संख्या धेरै छ। यद्यपि, यी उत्पादनहरू त्यति लोकप्रिय नभएकाले रुसी सरकारले लोकप्रिय बनाउने योजना सहित अनुदानमा दिने योजना बनाएको हो।

अनुदानमा पाउँदा सबै नागरिकले सहज रूपमा रूसी नोटबुक र ट्याब्लेट प्रयोग गर्ने रूसी सरकारले जनाएको छ।

रूसी नोटबुक र ट्याब्लेट प्रयोगका लागि अनुदानसँगै ब्रान्डहरूको जानकारी दिदै प्रवर्द्धन गर्नुपर्ने खुद्रा बिक्रेताहरूले सुझाब दिएका छन्।

थोकले सस्तोमा दिदा धेरै नाफा खाने नभई सरकारको नियमानुसार नै व्यापार गर्ने उनिहरूले जनाएका छन्।

प्रकाशित: ६ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया