कपाल काटेको शुल्क क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

  • Technology Khabar | ६ भाद्र २०७९, सोमबार
कपाल काटेको शुल्क क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

काठमाडौं ।

माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ। बैंकले देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले संघलाई क्यूआर कोड हस्तान्तरण गरेको हो।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।

देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले नेपाल नाई संघलाई क्यूआर हस्तान्तरण गरेको हो ।

एक औपचारिक कार्यक्रममा “नेपाल नाई संघ”का अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले क्यूआर हस्तान्तरण गरेका थिए।

उक्त क्यूआर हस्तान्तरण पछि ग्राहकले नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्यूआर स्क्यान गरि भुक्तानी गर्न सकिने बताईएको छ।

प्रकाशित: ६ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...