
काठमाडौं ।
गुदद्वार नभएको आधा अर्ब वर्ष पुरानो जीवको रहस्य फेला परेको छ।
माइक्रोस्कोपिकद्वारा मुख भएको तर गुदद्वार नभएको जीव फेला परेको र यसको विकासको बारेमा थाहा भएको बीबीसीले जनाएको छ।
सन् २०१७ मा बोराजस्तो समुद्री जनावरको सानो जीवाश्मा मानिसको सबैभन्दा प्रारम्भिक अर्थात् पूर्वज हुनसक्ने अनुमान लगाएर खोजी शुरू गरिएको थियो।
जसअनुसार पुरातन जनावर अध्ययन केन्द्रमा स्याक्रोरेसेस कोरोना भाइरस समुहमा राखि अध्ययन गर्दा ५ वर्षपछि रहस्य फेला परेको चीन र बेलायकका बैज्ञानिकहरूको समुहले जनाएको छ।
जसमा समावेश भएका केशहरूद्वारा अध्ययन गर्दा माइक्रोस्कोपिको प्रयोगबाट थाहा भएको खुलेको छ।
पछिल्लो समय प्रविधिको प्रयोगले इतिहास पनि थाहा हुने र विकासक्रमबारे थाहा पाउने र आगामी दिनको अनुमान पनि गर्न सकिने बैज्ञानिकहरूले दाबी गरेका छन्।
स्याक्रोरेसेसलाई जनावरको छुट्टै समहुमा राख्नुपर्ने सुझाब समेत बैज्ञानिकहरूले दिएका छन्।
चीन र बेलायतका अन्वेषकहरूको टोलीले जीवको धेरै विस्तृत एक्स–रे विश्लेषण गरे र निष्कर्ष निकाले कि यो माकुरा र कीराहरूको पुर्खाहरू एक्डाइसोजोनेस भनिने समूहसँग मिल्ने उल्लेख समेत गरेका छन्।
जीवको विकासको क्रममा भ्रमको एक जीवको गुदाको कमी रहेको प्रष्ट भएको बैज्ञानिकले तर्क गरेका छन्।
स्याक्रोरेसेसको विस्तृत अध्ययन गर्ने अन्वेषक एमिली कार्लिसिलले “अधिकांश जीवको गुदा भएपनि यो अलि भ्रमित भएपनि रोचक विकल्पको रूपमाा हेर्नुपर्ने हुन्छ।” बीबीसीसँग कुरा गदै भनिन् “जीव भएपनि शुरूमा भोक नलाग्ने, पछि लाग्ने र खानेमात्र त्यसपछि दिशा पिसिब गर्ने अंगको विकास भएको प्राणी भएको हो।”
अथवा जीवबाट मानिसबन्ने विकासको क्रममा गुदद्वार गुमाएको पनि हुनसक्ने उनले बताइन्।
जीवनको क्याम्ब्रियनमा स्याक्रोरेसेसको “रिपोजिसनिङ” हुनुको मुख्य कारण मुख वरिपरि प्वार र गुदद्वार छिद्र भएकाले ड्युटेरोस्टोमको विशेषताको रूपमा चिनिएको हुनसक्ने अनुमान समेत लागेको छ।
शक्तिशाली एक्स–रेहरू प्रयोग गरेर धेरै सानो जीवलाई नजिकबाट जाँच्न सकिन्छ, भने यसैसँग सम्बन्धित प्रविधिको विकासले गुदद्वार नभएको आधा अर्ब वर्ष पुरानो जीवको रहस्य फेला परेको हो।
यी जीवाश्महरूको अध्ययन गर्ने वैज्ञानिकहरूले प्रत्येक जनावरलाई विकासवादी रूखमा राख्ने गरेका छन्।
प्रकाशित: ४ भाद्र २०७९, शनिबार