सुरक्षा खतरा भन्दै हङकङको फर्मलाई बेलायती इलेक्ट्रोनिक डिजाइन कम्पनी किन्न रोक

  • Technology Khabar | ३ भाद्र २०७९, शुक्रबार
सुरक्षा खतरा भन्दै हङकङको फर्मलाई बेलायती इलेक्ट्रोनिक डिजाइन कम्पनी किन्न रोक
सांकेतिक तस्विर

काठमाडौं ।

बेलायतले राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै हङकङको एक फर्मलाई इलेक्ट्रोनिक डिजाइन कम्पनीको अधिग्रहणमा रोक लगाएको छ।

हङकङको सुपर ओरेन्जले बेलायतको इलेक्ट्रोनिक डिजाइन कम्पनी पल्सिक अधिग्रहण गर्न खोजेको थियो। तर सरकारले ‘रक्षा वा प्राविधिक क्षमताहरू निर्माण गर्न’ उपकरणहरूको प्रयोग गर्न सक्ने सम्भावना रहेको बताएको छ।

यो बेलायतको व्यवसाय र प्रविधिमा चिनियाँ संलग्नतालाई सीमित गर्ने पछिल्लो प्रयास भएको बीबीसीले उल्लेख गरेको छ।

२०२० मा चिनियाँ मोबाइल प्रदायक ह्वावेलाई राष्ट्रिय सुरक्षा चिन्ताको कारण बेलायतको फाइभजी पूर्वाधारबाट प्रतिबन्ध लगाइएको थियो। ह्वावेले उक्त आरोपलाई अस्वीकार गर्दै आइरहेको छ।

सरकारले बेलायतको सबैभन्दा ठूलो माइक्रोचिप कारखाना न्यूपोर्ट वेफर फ्याबको चिनियाँ समर्थित अधिग्रहणको पनि समीक्षा गरिरहेको छ।

पछिल्लो टेकओभर प्रयासलाई राष्ट्रिय सुरक्षा र लगानी ऐन अन्तर्गत अवरुद्ध गरिएको हो, जुन जनवरीमा लागू भएको थियो।

उक्त ऐनले सरकारलाई राष्ट्रिय सुरक्षाको रक्षा गर्न व्यापार लेनदेनमा छानबिन र हस्तक्षेप गर्ने अधिकार दिन्छ।

प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...