आईफोनमा एप्पलको विज्ञापन आउने

  • Technology Khabar | ३० श्रावण २०७९, सोमबार
आईफोनमा एप्पलको विज्ञापन आउने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले विज्ञापनको क्षेत्र बढाउने भएको छ। विश्व बजारमा एप्पललाई विज्ञापन अत्यावश्यक नभएपनि पछिल्लो समय प्रतिस्पर्धा र विज्ञापन व्यवसाय विस्तार गर्न सो क्षेत्रमा बढावा गनृ लागेको एक प्रतिवेदनलाई उदृत गर्दै गीज्मोचाइनाले जनाएको छ।

वार्षिक राजस्व “दोहोरो अंक” मा ल्याउने लक्ष्य पूरा गर्नका लागि पनि विज्ञापन क्षेत्रलाई बढावा दिन लागेको एप्पलको दाबी छ।

एप्पल कम्पनीले पछिल्लो समय नक्सा, पुस्तकहरू, र पोडकास्टहरू सहित आईफोन र अन्य एप्पल उपकरणहरूमा विज्ञापन ल्याउने भएको हो।
योसँगै एप्पलले नक्सा एपमा खोजी परिणामहरूमा प्रायोजित गरेर विज्ञापन बढाउने समेत तयारीमा छ। जुन परिक्षण समेत गरिसको एप्पलको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीको एप स्टोरमा समान विज्ञापन गर्नुका साथै विशेष क्वेरीको लागि खोज पृष्ठमा समेत राखिने लक्ष्य छ।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार