चीनमै उत्पादन भएको चिप प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने माग

  • Technology Khabar | २३ श्रावण २०७९, सोमबार
चीनमै उत्पादन भएको चिप प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने माग

काठमाडौं ।

चीनमा मोबाइल उत्पादन गर्ने कम्पनीहरूले चीनमै उत्पादन भएको चिप प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने माग उठेको छ।

मिन्जियाङ विश्वविद्यालयका प्रतिष्ठित प्राध्यापक काओ हाइटाओले चीनविरुद्ध अमेरिकाको पछिल्लो कारबाहीले सोच्नुपर्ने भएकाले क्वालकम र मिडियाटेक मोबाइल चिपभन्दा चिनद्वारा निर्मित स्मार्टफोनको चिप प्रयोग गर्नुपर्ने सुझाब दिएको गीजचाइनाले जनाएको छ।

चीनमा बिक्री हुने स्मार्टफोनमध्ये ३० प्रतिशतमा मात्र चिनियाँ चिप प्रयोग भइरहेको छ। अन्य देश विशेषतःअमेरिकी कम्पनीद्वारा निर्मित मोबाइल चिप प्रयोग गर्ने कम्पनीहरू माथि धेरै कर लगाउनुपर्ने माग उठेको हो।

प्राध्यामक हाइटाओले अमेरिकी चिप प्रयोग गर्ने कम्पनीमाथि ४००% भन्दा बढी कर लगाउदा पनि खासै फरक नपर्ने राय व्यक्त गरे।

उनले स्वदेशमा निर्मित वस्तुको प्रयोगमा हुने बढावाले चिनियाँ बजारको विस्तार हुने उल्लेख गरे।

प्राध्यापक हाइटाओले जब बजार हुन्छ, त्यहाँ आम्दानी हुने र जब आम्दानी हुन्छ, त्यहाँ अनुसन्धान र विकासमा लगानी हुने भएकाले अरू देशद्वारा निर्मित मोबाइल चिपमा ध्यान दिन चिनियाँ सरकारलाई आग्रह गरेका छन्।

आत्म–अनुसन्धान आत्म–निर्भरताको आधारलाई बलिायो पार्न स्मार्टफोनमा प्रयोग हुने चिपलाई चिनियाँ प्रविधिमा लानुपर्ने सुझाब प्राध्यापक हाइटाको छ।

ताइवानमा सेमिकन्डक्टर उद्योगमा लागत बढी भएपनि स्वदेशी वस्तुको प्रयोगमा जोड दिएको छ। गत वर्ष उक्त कम्पनीको कारखानाहरूले औसत दैनिक १ लाख ५० हजार टन पानी खपत गर्थे। सम्पूर्ण सिन्चु विज्ञान र प्रविधि पार्क उद्यमहरूले १ दिनमा १४ हजार टन पानी खपत गर्ने भएकाले ताइवानलाई कब्जामा ल्याउन सकिने जानकारहरूको भनाई छ।

वास्तवमा भन्ने हो भने, चीनविरुद्ध अमेरिकाको पछिल्लो कारबाहीले थप सोच्न बाध्य बनाएको छ।

प्रकाशित: २३ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार