ज्याक डोर्सीको क्रिप्टो कम्पनी ब्लकको शेयर घट्यो

  • Technology Khabar | २१ श्रावण २०७९, शनिबार
ज्याक डोर्सीको क्रिप्टो कम्पनी ब्लकको शेयर घट्यो

काठमाडौं ।

ज्याक डोर्सीको क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनीको मूल्य घटेको छ।

बिटक्वाइनमा ठूलो बाजी लगाउने डिजिटल भुक्तानी फर्म ज्याक डोर्सीको नेतृत्वमा रहेको ब्लक इंकको शेयर शुक्रबार घटेको छ। प्रिमार्केट ट्रेडिङमा यो शेयर ७ प्रतिशतले घटेको रोयटर्सले जनाएको छ।

क्रिप्टोकरेन्सीहरूमा रुचि घट्दै गएकाले डोर्सीको संस्थाको शेयरमा निराशा संकेत रातो देखिएको हो।

जसका कारण क्रिप्टोकरेन्सीहरूमा पछिल्लो समय रूचि कम देखिएको छ।

त्रैमासिक समयमा क्रिप्टोकरेन्सीमा देखिएको शेयर घाटाले लगानीकर्तामा रूचि नभएको शेयर विश्लेषकहरूले अनुमान लगाएका छन्।

प्रकाशित: २१ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...