हङकङ फर्म एएमटिडी डिजिटलको शेयर बढ्यो

  • Technology Khabar | २० श्रावण २०७९, शुक्रबार
हङकङ फर्म एएमटिडी डिजिटलको शेयर बढ्यो

काठमाडौं ।

हङकङको एउटा सानो कम्पनी भनेर चिनिने एएमटिडी डिजिटलले पछिल्लो समय शेयर बजारमा आफ्नो मूल्य बढाएको छ।

एएमटीडी डिजिटलले गत महिना आफ्नो बजार अमेरिकाको न्यूयोकमा पुर्याउँदा प्रतिशेयर ७.८० अमेरिकी डलर मूल्य रहेको बीबीसीले जनाएको छ।

मंगलबार १२६% बढेको शेयर बुधबार भने २०%ले घट्यो तर पनि प्रति शेयर १ हजार ६०० अमेरिकी डलरबाट १ हजार १ सयमा पुग्दा पनि साना लगानीकर्ताहरूमा लोकप्रियता पाएको छ।

एएमटीडी डिजिटलको मूल्यमा भएको तीव्र वृद्धिले यसलाई केही टिप्पणीकारहरूले ठूलो कम्पनी “मेम स्टक”सँग तुलना गरेका छन्।

तर वेडबस सेक्युरिटीका प्रबन्ध निर्देशक डेन इभ्सले एएमटीडी प्रमुख हेड स्क्र्याचर रहेपनि मेमको कारोबारसँग तुलना गर्न नमिल्ने दाबी गरेका छन्। उनले भने, “३०० बिलियन अमेरिकी डलर बजार रहेको मेम स्टकको युग समाप्त भएको छैन र हुँदैन पनि।”

यद्यपी एएमटीडी डिजिटलको शेयर मूल्यले न्यूयोर्क स्टक बजारमा टेक्नोलोजी विशाल अलिबाबाको मूल्याङ्कनलाई पछारेको छ।

एएमटीडी आइडिया गु्रप, एक चिनियाँ लगानी होल्डिङ कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। जसले यस हप्ता अहिलेसम्म लगभग २००% कमाएको स्टक एक्सचेञ्जद्वारा जारी विज्ञप्तिलाई आधार मानी बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Budget 2083/84: IT leaders urge clear PPP modality and infrastructure support to realize ‘Sovereign AI’

  • Technology Khabar
  • २० श्रावण २०७९, शुक्रबार