एप्पलको ताइवानी आपूर्तिकर्ता पेगाट्रोनले भन्यो- चीनको प्लान्टबाट ढुवानीमा कुनै रोकावट छैन

  • Technology Khabar | २० श्रावण २०७९, शुक्रबार
एप्पलको ताइवानी आपूर्तिकर्ता पेगाट्रोनले भन्यो- चीनको प्लान्टबाट ढुवानीमा कुनै रोकावट छैन

काठमाडौं ।

एप्पल इंकको आईफोन एसेम्बल गर्ने कम्पनी पेगाट्रोन कर्पको मुख्य भूमि चीनको प्लान्ट सामान्य रूपमा सञ्चालन भइरहेको बताएको छ।

कम्पनीले शुक्रबार एक विज्ञप्तिमा सो प्लान्टमा नियमित उत्पादन भईरहेको उल्लेख गरेको हो।

यसअघि मिडिया रिपोर्टहरूले पछिल्लो दिनमा उत्पादन रोकिएको उल्लेख गरेका थिए।

तर समाचारहरुको विपरीत, उत्पादन रोकिएको छैन, र ढुवानीमा कुनै रोकावट नभएको ताइवानी फर्मले बताएको छ।

हालै अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले आफ्नो भूमीमा हस्तक्षेप गरेको भन्दै सैन्य गतिबिधि गरिरहेको छ भने तनाव उच्च स्तरमा पुगेको छ।

सोहीअनुसार चीन र अमेरिकाबीचको व्यापारमा समेत असर पर्ने अनुमान गरिएको छ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Budget 2083/84: IT leaders urge clear PPP modality and infrastructure support to realize ‘Sovereign AI’

  • Technology Khabar
  • २० श्रावण २०७९, शुक्रबार