काठमाडौं ।
इलेक्ट्रिक सवारीका लागि ब्याट्री आपूर्ती गर्ने एलजी इनर्जी सलुसनको नाफा ७३ प्रतिशतले घटेको छ। गत वर्षको तुलनामा चालु वर्षको दोस्रो त्रैमासमा एलजी इनर्जी सलुसनको नाफा ७३ प्रतिशतले घटेको हो।
कच्च पदार्थको मूल्य वृद्धि र कोभिड १९ को कारण चीनमा भएको लकडाउनका कारण एलजी इनर्जी सलुसनको नाफामा भारी गिरावट देखिएको द इकोनोमी टाइम्सले उल्लेख गरेको छ।
एलजी इनर्जी सलुसनले इलेक्ट्रिक सवारी उत्पादक टेस्ला, जीएम, फक्सवागन र फोर्डलगायत कम्पनीलाई ब्याट्री उपलब्ध गराउँदै आएको छ।
कम्पनीको दोस्रो त्रैमासमा कम्पनीले १९६ बिलियन वन नाफा गरेको छ। गत वर्षको अप्रिल जुनमा कम्पनीको नाफा ७२४ बिलियन वन रहेको थियो।
प्रकाशित: ११ श्रावण २०७९, बुधबार